कृषि मन्त्रालयले भन्याे- ‘सलह नेपाल आएर पनि तितरबितर भए’
थाेरै संख्यामा भित्रिएको सलहले हालसम्म कुनै स्थानमा पनि क्षति नगरेकाे मन्त्रालयकाे भनाइ छ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाइँले नेपाल प्रवेश गरेको सलह डुलुवा प्रवृत्तिको रहेकाले क्षति नगरेकाे हाे।
“कुनै ठाउँमा ३-४ घन्टाभन्दा बढी बसेको छैन”,  उनले भने।
सानो संख्याको झुण्ड मात्रै आएकाले क्षति नभएको मन्त्रालयले गरेको प्रारम्भिक अध्यनले देखाएको छ।
तराईका जिल्ला हुँदै पहाड चढ्ने क्रममा रहेको सलह नेपाल आएर पनि तितरबितर भएको बताइन्छ।
“नेपाल आएको सलहको संख्या नै सानो थियो। तर, आएको संख्या पनि छुटिरहेको छ”, हुमागाइँले भने।
सलह राति एक ठाउँमा बस्छन्। बिहान १-२ घन्टा घाम तापेर शक्ति आर्जन गर्छन् त्यसपछि उडान भर्छन्।
तर, नेपालमा पछिल्लो दुई दिन यता पानी परिरहेकाले घाम ताप्न पाएका छैनन्।
पानी परिरहेकाे र सलह कीराका लागि अनुकूल नभएकाले क्षति नगरेको हुमागाइँ बताउँछन्।
बारामा आएको सलहको झुण्ड केही समय बसेर चितवनतर्फ उडेको थियो। यस्तै भैरहवामा आइपुगेका सलह पनि केही समय मात्रै बसेर बुटवल पुगेको र रुपन्देहीतर्फ उडान भरेको बताइएको छ।
यसका साथै त्यही झुण्डबाट छुटेर केही संख्याका सलह सिन्धुली पुगेको र पानीले उड्न नपाए पनि कृषि बालीमा बसेको छैन।
त्यसैगरी पर्सामा देखिएको सानो झुण्ड पनि चितवनतर्फ उडेको र चितवन र मकवानपुरको सिमानाका जंगलमा बसेको अनुमान गरिएको छ।
हुमागाइँका अनुसार नेपाल प्रवेश गरेदेखि एकठाउँबाट अर्को ठाउँमा डुलिरहेकाले धेरै क्षति हुन नपाएको हो।
यसमा नेपालको मौसमले थप सहयोग गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्