काठमाडौं। नेपाल प्रवेश गरिसकेको सलहको संख्या सानो भए पनि भारतको राजस्थानबाट नेपालतर्फ ठूलो संख्यामा सलह कीरा उडेको छ।
राजस्थानबाट उडान भरेको सलह कीरा दिल्लीतर्फ लागेकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।
सलह कीरासम्बन्धी अध्ययन गर्न गठित प्राविधिक समितिका संयोजक सहदेवप्रसाद हुमागाईले करोडौंको संख्यामा रहेका सलह कीरा दिल्लीतर्फ लागेकाे बताए।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख समेत रहेका उनले राजस्थानबाट नेपालतर्फ उडेको सलह नेपाल आइपुगे ठूलो क्षति हुने जानकारी दिए।
उनले भने, “अहिले आएका सलहको संख्या लाखौंमा पनि छैन। तर, नेपालतर्फ अगाडि बढिरहेको झुण्ड तितरबितर नभई नेपाल आइपुगे ठूलो क्षति गर्छ।”
तर, भारतले उक्त झुण्डलाई तितरबितर गर्ने प्रयास गरिरहेको छ। भारतले उतै रोक्न सकेमा वा दिशा परिवर्तन गर्न सकेमा नेपाल आई नपुग्ने सम्भावना छ।
हुमागाईका अनुसार दिल्लीसम्म पनि नआइपुगेको झुण्ड दिल्लीसम्म पनि आउन नदिने तयारी भारतले गरेको छ।
यद्यपि, उक्त संख्याको सलह नेपाल आउनेबारे सचेत रहेको र त्यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ।
यसका साथै अबको एक/दुई दिनमा हावाले दिशा परिवर्तन गर्ने भएकाले नेपालसम्म नआउँदै दिशा परिवर्तन हुन सक्ने अनुमान कृषि मन्त्रालयको छ।
" /> काठमाडौं। नेपाल प्रवेश गरिसकेको सलहको संख्या सानो भए पनि भारतको राजस्थानबाट नेपालतर्फ ठूलो संख्यामा सलह कीरा उडेको छ।राजस्थानबाट उडान भरेको सलह कीरा दिल्लीतर्फ लागेकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

">