काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल आएका सलह दुई प्रकारको भएको निष्कर्ष निकालेको छ।
सलहको परिपक्व र अपरिपक्व झुण्ड नेपाल प्रवेश गरेको मन्त्रालयले निष्कर्ष निकालेको हो।
नेपाल आएको अपरिपक्व झुण्ड एक ठाउँबाट अर्को ठाउँमा घुमिरहेको र अर्को परिपक्व सलहको झुण्ड राजस्थान फर्किन तड्पिरहेको हुन सक्ने सलह कीरासम्बन्धी अध्ययन गर्न गठित प्राविधिक समितिका संयोजक सहदेवप्रसाद हुमागाईले बताए।
परिपक्व वयस्क सलहको झुण्डले मरुभूमिमा अण्डा पार्न जाने प्रयासमा रहेको जस्तो देखिएको बताइएको हो।
यस्तै अपरिपक्व सलहको झुण्ड एउटा जिल्लाबाट अर्को जिल्लामा उडान भरिरहेको छ।
र, सानो संख्याका चारवटा समूहमा भित्रिएका सलह अहिले छुट्टिएर धेरै भइसकेको मन्त्रालयको अनुमान छ।
तर, भारतको विहारमा छुटेका सलहको झुण्ड समेत नेपाल आउन सक्ने सम्भावना रहेको र त्यो झुण्ड नेपाल आएमा थप क्षति हुन सक्ने बताइएको छ।
" /> काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल आएका सलह दुई प्रकारको भएको निष्कर्ष निकालेको छ।सलहको परिपक्व र अपरिपक्व झुण्ड नेपाल प्रवेश गरेको मन्त्रालयले निष्कर्ष निकालेको हो।

">