राष्ट्रपतिले दिइन् छठको शुभकामना
<p>काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीबीचको एकता मजबुत पार्न छठ पर्वले योगदान दिने बताएकी छन्।</p>
<p>छठ पर्व २०७६ को अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्– ‘यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’</p>
<p>यस्तै राष्ट्रपतिले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।</p>
<p>साथै छठले आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध कायम गर्दै बलियो पारिवारिक र सामाजिक एकता प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने राष्ट्रपतिको विश्वास छ।</p>
प्रतिक्रिया दिनुहोस्