म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन २२० केभी क्षमताको सवस्टेशनको प्रवेशद्वारमा स्थानीयवासीले लगाएको ताला चार दिनपछि खुलेको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो भएको छलफलमा स्थानीयवासीले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानावासीबीच सहमति भएको थियो। सहमतिपछि हिजो साँझ नै स्थानीयवासीले ताला खोलेर सवस्टेशन निर्माणमा भएको अवरोध हटाएका छन्।
दानामा सामाजिक उत्तरदायित्वअन्तर्गतका काम गर्न बेवास्ता र बजेट विनियोजनमा विभेद गरेको भन्दै गत बुधबार स्थानीयवासीले तालाबन्दी गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, आयोजना प्रमुख चन्दनकुमार घोष, मालपोत अधिकृत कृष्ण कार्की, वडाध्यक्ष नरसिंह पुर्जालगायतको उपस्थितिमा छलफल भएको थियो।
ज्ञानप्रकाश मावि जोड्ने सडकको स्तरोन्नति, आमा समूहको भवन र युवा क्लबको खेलमैदान निर्माणका लागि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सघाउने सहमति भएको छ। यसअघि दानाका लागि १२ लाख विनियोजन भएकामा तत्कालै थप १० लाख र केही समयपछि अर्को १० लाख सहयोग गर्न आयोजनाले सहमति जनाएको छ।
आयोजनाले प्रसारण लाइनको टावर बनाउने क्रममा दानाकै फगाममा निर्माण गरेको पाँच किलोमिटर सडक मर्मत गर्ने, दानामा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउनेलगायतका सहमतिमा स्थानीयवासी र आयोजनाले सहमति गरेका छन्। दुई पक्षको छलफलपश्चात् सामाजिक उत्तरदायित्वका कामलाई तीव्रता दिने र आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको प्रजिअ ढकालले बताए।
तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिइएपछि सवस्टेशनमा उपकरण जडान र अन्य निर्माणको काम रोकिएको थियो। रासस
" /> म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन २२० केभी क्षमताको सवस्टेशनको प्रवेशद्वारमा स्थानीयवासीले लगाएको ताला चार दिनपछि खुलेको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो भएको छलफलमा स्थानीयवासीले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानावासीबीच सहमति भएको थियो। सहमतिपछि हिजो साँझ नै स्थानीयवासीले ताला खोलेर सवस्टेशन निर्माणमा भएको अवरोध हटाएका छन्।दानामा सामाजिक उत्तरदायित्वअन्तर्गतका काम गर्न बेवास्ता र बजेट विनियोजनमा विभेद गरेको भन्दै गत बुधबार स्थानीयवासीले तालाबन्दी गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, आयोजना प्रमुख चन्दनकुमार घोष, मालपोत अधिकृत कृष्ण कार्की, वडाध्यक्ष नरसिंह पुर्जालगायतको उपस्थितिमा छलफल भएको थियो।

">