भारतको राजधानीमा स्वास्थ्य संकटकाल
काठमाडौं। भारतमा पाँच दिनका लागि स्वास्थ्य संकटकाल घोषणा गरिएको छ।

भारतको सर्वोच्च अदालतबाट अनुमति लिएर एक कार्यदलले स्वास्थ्य संकटकाल लागू गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

दिल्ली क्षेत्रका धेरै स्थानमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर नाघेपछि त्यहाँ स्वास्थ्य संकटकाल लागू गरिएको हो। उक्त निर्णयसँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर पाँचसम्मका लागि दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन दिएका छन्।

वायु प्रदुषण नियन्त्रण गर्न ५ नोभेम्बरसम्मका लागि दिल्ली आसपासका सबै क्षेत्रमा हुँदै आएका निर्माण सम्बन्धी कार्य गर्न पनि रोक्ने निर्देशन दिइएको समाचारमा जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्