ललितपुर। किसानले उन्नत जातको बीउ नपाउँदा धान उत्पादन बढाउन नसकिएको सरोकारवालाले बताएका छन् ।

धान दिवसको अवसरमा खुमलटारमा कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले आयोजना गरेको रोपाइँ महोत्सवमा सहभागीले उक्त धारणा राखेका हुन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताए। उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातको धान रोपाइँ भइरहेको बताए।

कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उनको भनाइ छ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दीपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए। नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ। उनले परम्परागत रूपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरूको आत्मबल बढाउने बताए।

नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले उच्च पहाडी क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरू गरिएको जानकारी दिए।

निर्देशक उप्रेतीले सलह किराबाट धानको बीउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न किसानहरूलाई सुझाव दिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट पाँच प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए। उनले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए। कोरोना भाइरसको महामारी र सलह कीराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको सचिव भारीले बताए।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

" /> ललितपुर। किसानले उन्नत जातको बीउ नपाउँदा धान उत्पादन बढाउन नसकिएको सरोकारवालाले बताएका छन् ।

"> 'कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल': Dekhapadhi
'कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्