काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्काल अघि नबढाउने निर्णय गरेका दुईवटा विधेयक राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव आजको राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूचीमा राखिएको हो।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीको सूचना अनुसार ती दुवै प्रस्ताव प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा छ।
दिउँसो १ बजे बस्ने बैठकको अन्य कार्यसूचीमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पनि छ।
निजी क्षेत्रसमेत हेर्न दिने गरी अख्तियारको दायरा बढाउने गरी विधेयक ल्याइएपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि बसेको सत्तारुढ दल नेकपाको सचिवालयको बैठकले अहिले तत्कालका विधेयक लागि अघि नबढाउने निर्णय गरेको थियो।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्काल अघि नबढाउने निर्णय गरेका दुईवटा विधेयक राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव आजको राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूचीमा राखिएको हो।

">