कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रूपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ। कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ। तर, खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।
ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको उनले बताए। कैलालीमा ७१ हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ। आर्थिक वर्ष २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका एक लाख ७२ हजार ३०० मेट्रिक टन उत्पादन भएको थियो। कैलालीमा २०७५/७६ मा दुई लाख ९३ हजार ५०० मेट्रिक टन धान उत्पादन भएकोमा २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन उत्पादन भएको जनाइएको छ।
“भण्डारणको समस्याका कारण पनि परनिर्भरता बढेको हो” जोशीले भने, “आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ।” उनका अनुसार चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले यान्त्रिकरण अनुदान कार्यक्रम अन्तर्गत यहाँका २८६ जना किसानलाई रोटाभेटर, पावरटिलर, ट्याक्टर, थ्रेसर लगायतका कृषि औजार वितरण गरिरहेको छ।
ती दुई जिल्लामा उत्पादन हुने धानको भण्डारण गर्न सकिए अन्य सात जिल्लाका लागि खाद्यान्न अन्यत्रबाट आयात गर्न नपर्ने जोशीले बताए। रासस
" /> कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रूपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ। कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ। तर, खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको उनले बताए। कैलालीमा ७१ हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ। आर्थिक वर्ष २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको छ।

">