काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशबीचको सम्बन्धमा असर पार्ने हिसाबले सञ्चारमाध्यममा आएका विषय कहाँ उत्पादन गरिएका हुन् भन्नेबारे खोजी भइरहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हुँदै नभएको विषयलाई सञ्चारमाध्यमले सार्वजनिक गरेर भ्रम छर्ने काम गरेको टिप्पणी गरे।
कृषि मन्त्रालय, नापी शाखाको प्रतिवेदनमा आधारित रहेर चीनले पनि नेपालको भूमि अतिक्रमण गरेको भन्ने समाचार सार्वजनिक भएका थिए। “कृषि मन्त्रालयले नै यो विषय खण्डन गरिसकेको छ। हामीले पनि प्रष्ट पारिसकेका छौं”, उनले भने, “नेपाल र चीनबीच कुनै पनि सीमा सम्बन्धमा समस्या छैन।”
नेपाल र चीनबीच सीमा संकेत चिन्हहरू ३७ र ३८ खडा नै नगरिएको हुनाले सीमा सारियो वा भत्काइयो भन्ने विषय भ्रामक भएको ज्ञवालीको भनाइ छ। “कुनैपनि विषयमा छलफल हुन्छ। कहिले ठूलो विषय पनि बन्ला”, उनले भने, “छिमेकी मुलुकसँग हाम्रा सम्बन्ध पहिले जस्तै छन्।”
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशबीचको सम्बन्धमा असर पार्ने हिसाबले सञ्चारमाध्यममा आएका विषय कहाँ उत्पादन गरिएका हुन् भन्नेबारे खोजी भइरहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हुँदै नभएको विषयलाई सञ्चारमाध्यमले सार्वजनिक गरेर भ्रम छर्ने काम गरेको टिप्पणी गरे।कृषि मन्त्रालय, नापी शाखाको प्रतिवेदनमा आधारित रहेर चीनले पनि नेपालको भूमि अतिक्रमण गरेको भन्ने समाचार सार्वजनिक भएका थिए। “कृषि मन्त्रालयले नै यो विषय खण्डन गरिसकेको छ। हामीले पनि प्रष्ट पारिसकेका छौं”, उनले भने, “नेपाल र चीनबीच कुनै पनि सीमा सम्बन्धमा समस्या छैन।”
नेपाल र चीनबीच सीमा संकेत चिन्हहरू ३७ र ३८ खडा नै नगरिएको हुनाले सीमा सारियो वा भत्काइयो भन्ने विषय भ्रामक भएको ज्ञवालीको भनाइ छ। “कुनैपनि विषयमा छलफल हुन्छ। कहिले ठूलो विषय पनि बन्ला”, उनले भने, “छिमेकी मुलुकसँग हाम्रा सम्बन्ध पहिले जस्तै छन्।”
">