बलात्कार आरोपित अखिल नेता संगठनबाट निष्काशित

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले किशोरी बलात्कार आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य ईन्द्रहाङ राईलाई कारवाही गरेको छ।

उनलाई आजैका मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको अखिलका संयोजक ऐन महरले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

आरआर क्याम्पस स्ववियू सह–सचिव समेत रहेका राईलाई स्ववियूले यसअघि नै कारवाही गरिसकेको छ। राईले ११ कात्तिकमा १८ वर्षीया एक किशोरीलाई काठमाडौंको गोकर्णेश्वर–६ माकलबारीमा बलात्कार गरेको आरोप लागेको छ।

अनेरास्ववियूकाे विज्ञप्ति

पढ्नुहाेस्

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

बलात्कार आरोप लागेका अखिल नेतालाई कारबाही

प्रतिक्रिया दिनुहोस्