काठमाडौं। आजको राष्ट्रियसभा बैठकको कार्यसूचीबाट दुईवटा विधेयक हटाइएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल अघि नबढाउने निर्णय गरेका दुईवटा विधेयक राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको थियो। तर, बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकको सम्भावित कार्यसूचीमा राखिएको थियो।
निजी क्षेत्रसमेत हेर्न दिने गरी अख्तियारको दायरा बढाउने गरी विधेयक ल्याइएपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि बसेको सत्तारूढ दल नेकपाको सचिवालयको बैठकले अहिले तत्कालका लागि विधेयक अघि नबढाउने निर्णय गरेको थियो।
" /> काठमाडौं। आजको राष्ट्रियसभा बैठकको कार्यसूचीबाट दुईवटा विधेयक हटाइएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल अघि नबढाउने निर्णय गरेका दुईवटा विधेयक राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको थियो। तर, बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिए।अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकको सम्भावित कार्यसूचीमा राखिएको थियो।
निजी क्षेत्रसमेत हेर्न दिने गरी अख्तियारको दायरा बढाउने गरी विधेयक ल्याइएपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि बसेको सत्तारूढ दल नेकपाको सचिवालयको बैठकले अहिले तत्कालका लागि विधेयक अघि नबढाउने निर्णय गरेको थियो।
">