पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट। पूर्वमन्त्री महम्मद अफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ।

प्रहरीले अनुसन्धान सकेर हिजो सरकारी वकीकलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

रौतहट प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्षरूपमा मानिस परिचालन गरेको, विस्फोटपछि घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको निष्कर्ष निकालिएको छ।

अभियोजनपत्रमा उनलाई आजीवन कारावासको सजाय माग दाबी गरिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

आलम २० दिनदेखि हिरासतमा छन्।

“हामीले अनुसन्धान पूरा गरेर सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएका छौं, जेजे देखियो त्यही कुरा अनुसन्धानमा समेटेका छौं,” रौतहटका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले भने, आलमले १२ वर्षअघि रौतहटमा इँटाभट्टाभित्र मान्छे जलाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।”

उनका अनुुसार सो घटनामा घाइते भएका व्यक्तिहरुको बयान, प्रत्यक्षदर्शी, तत्कालीन समयमा कार्यरत सरकारी कर्मचारी तथा अन्य स्रोतसमेत दसी प्रमाणको रुपमा पेस गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्