रामपुर। पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। पर्याप्त सिँचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन्।

हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए। उनका अनुसार यस क्षेत्रमा मात्रै करिब ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ। तिनाउ गाउँपालिकामा करिब ४० प्रतिशत रोपाइँ भएको छ।

रम्भा गाउँपालिकाका हुँगी, हेक्लाङलगायत क्षेत्रमा करिब ३० प्रतिशत रोपाइँ भएको छ। त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी र अर्गलीफाँट तथा पूर्वखोला र  बगनासकालीमा फाट्टफुट्ट धान रोप्ने कार्य कृषकले शुरु गर्न थालेका छन्।

खाली रहेका, सिँचाइको पर्याप्त सुविधा भएका, खोला नजिकका खेतमा कृषकले धान रोपाइँको काम शुरु गर्न थालेको  अर्यालले बताए।  विगत वर्षमा जिल्लामा मनाइँदै आएको राष्ट्रिय धान दिवस भने यस वर्ष कोरोना भाइरसका कारण हुन सकेन।

मकैबाली भएका खेतमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाइँ सुरु गरिन्छ। कतिपय आकाशको पानीको भरमा मात्र रोपाइँ हुने खेतमा भने पर्याप्त वर्षा भएपछि मात्र धान रोपिने गरिन्छ। जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमीनमा गरिँदै आएको छ। रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ  पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य क्षेत्र मानिन्छ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका बीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने बीउ भने जिल्लामा लोप हुँदै गएका छन्। बास्मती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदीलगायत धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन्। रासस

" /> रामपुर। पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। पर्याप्त सिँचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन्।

हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए। उनका अनुसार यस क्षेत्रमा मात्रै करिब ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ। तिनाउ गाउँपालिकामा करिब ४० प्रतिशत रोपाइँ भएको छ।

रम्भा गाउँपालिकाका हुँगी, हेक्लाङलगायत क्षेत्रमा करिब ३० प्रतिशत रोपाइँ भएको छ। त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी र अर्गलीफाँट तथा पूर्वखोला र  बगनासकालीमा फाट्टफुट्ट धान रोप्ने कार्य कृषकले शुरु गर्न थालेका छन्।

खाली रहेका, सिँचाइको पर्याप्त सुविधा भएका, खोला नजिकका खेतमा कृषकले धान रोपाइँको काम शुरु गर्न थालेको  अर्यालले बताए।  विगत वर्षमा जिल्लामा मनाइँदै आएको राष्ट्रिय धान दिवस भने यस वर्ष कोरोना भाइरसका कारण हुन सकेन।

मकैबाली भएका खेतमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाइँ सुरु गरिन्छ। कतिपय आकाशको पानीको भरमा मात्र रोपाइँ हुने खेतमा भने पर्याप्त वर्षा भएपछि मात्र धान रोपिने गरिन्छ। जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमीनमा गरिँदै आएको छ। रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ  पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य क्षेत्र मानिन्छ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका बीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने बीउ भने जिल्लामा लोप हुँदै गएका छन्। बास्मती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदीलगायत धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन्। रासस

"> पाल्पामा ४० प्रतिशत धान रोपाइँ: Dekhapadhi
फाइल तस्वीर
पाल्पामा ४० प्रतिशत धान रोपाइँ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्