हात्ती धपाउन राखिएको तारमा करेन्ट लागेर मामा-भान्जाको मृत्यु <p>झापा। झापाको बुद्धशान्ति गाउँपालिका&ndash;४ मा हात्ती धपाउन राखिएको विद्युतीय तारमा करेन्ट लागेर&nbsp;आज बिहान मामा र भान्जाको मृत्यु भएको छ।</p> <p>जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति&ndash;४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन्।&nbsp;</p> <p>दुवै जनालाई आज बिहान ७ बजे नवज्योति सामुदायिक वनभित्रको खोल्सीमा स्थानीयवासीले मृत अवस्थामा भेटेका हुन्।</p> <p>माछा मार्न गएका दुवैजना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ।&nbsp;<em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्