काठमाडौं। हाइटीमा जारी सरकार विरोधी आन्दोलनमा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ।
प्रदर्शनका क्रममा भएको झडपमा अरू दर्जनौं घाइते भएका अधिकारकर्मी तथा अनुगमनकर्ताहरूले जानकारी दिएका छन्।
हाइटीमा सेप्टेम्बर महीनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ। आन्दोलनकारीले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन्।
आन्दोलनका कारण देशमा गहिरो संकटपूर्ण अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्।
गरीब देश मानिने हाइटीमा आन्दोलनका कारण इन्धनको अभाव समेत बढेको छ। आन्दोलनको असर स्वास्थ्य सेवा, खाद्यान्न, शिक्षालगायतका अन्य विभिन्न आधारभूत सेवाहरुमा पनि परेको राष्ट्रसंघ उच्च आयुक्तको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।