काठमाडौं। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरस्थित जंगलमा एक महिला र दुई बालबालिकाको शव फेला परेको छ।
विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको त्यहाँका स्थानीयले जानकारी दिएका छन्। जंगलमा आज स्थानीयले तीनजनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले एक महिला र दुई बालबालिकाको शव भेटिएको जानकारी दिए।
“जंगलमा शव भेटिएको जानकारी आएको छ,” उनले भने, “घटनाबारे अनुसन्धान गर्न हाम्रो टोली त्यसतर्फ गइसकेको छ।” उनले प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको बताए।
अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोलीले घटनास्थलको सुरक्षा गरिरहेको छ। सदरमुकाम तम्घासबाट झण्डै ७० किलोमिटर उत्तर पूर्वमा रहेको घटनास्थल पुग्न ५/६ घण्टा लाग्ने उनले जानकारी दिए।
“हत्या गरिएको हो कि के हो भन्ने अहिले नै भन्न सकिन्न,” उनले देखापढीलाई भने, “त्यहाँ प्रहरीको टोली पुगेर अनुसन्धान गरेपछि मात्रै विस्तृत जानकारी थाहा हुन्छ।”
अन्दाजी २९ वर्षीया महिला, दश वर्षीय बालक र सात वर्षीया बालिकाको शव जंगलमा फेला परेको उनको भनाई छ। मृत अवस्थामा भेटिएकाहरुको नाम, ठेगाना भने खुलेको छैन।
घटनास्थलको अवस्था हेर्दा हत्या गरेर फालिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। तीनैजनाको टाउकोमा चोट देखिएको छ।
" /> काठमाडौं। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरस्थित जंगलमा एक महिला र दुई बालबालिकाको शव फेला परेको छ।विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको त्यहाँका स्थानीयले जानकारी दिएका छन्। जंगलमा आज स्थानीयले तीनजनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले एक महिला र दुई बालबालिकाको शव भेटिएको जानकारी दिए।

">