डोल्पामा सामाजिक विकास कार्यालय स्थापना
डाेल्पा। डोल्पामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालय सामाजिक विकास कार्यालय उद्घाटन गरे।

भौगोलिक विकटतालाई मध्यनजर गरी जनगुनासोअनुसार नै प्रदेश सरकारका विकासे चार मन्त्रालयका दुई–दुई कार्यालय जिल्लामा राखिएको बताउँदै मन्त्री बुढाले गत ६ भदौमा कर्णाली प्रदेश सरकारले निर्णय गरेअनुसार जिल्लामा धमाधम कार्यालय स्थापना भइरहेका बताए।

जनताले पाउने सेवालाई प्रभावकारी बनाउन जिल्लाबाटै सेवा प्रवाह गर्ने गरी कार्यालयको स्थापना गरिएको कार्यालय प्रमुख धनञ्जय आचार्यले जानकारी दिए।

उनका अनुसार सामाजिक विकास कार्यालयबाट शिक्षा, महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, श्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमलगायतका काम हुने तथा नागरिकले जिल्लाबाटै सेवा पाउने छन्।

हाल ६ कर्मचारीले जिल्लाबाट सेवा प्रदान गर्नेछन्।

जिल्लामा कार्यालय स्थापना मात्रै हुने र कर्मचारी नबस्ने भन्ने नागरिकको गुनासोलाई मध्यनजर गरी एक सातामा केही योजनासहित कार्यालयमा सबै कर्मचारी आइपुग्ने कार्यालय प्रमुख आचार्यले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्