खलङ्गा। जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ।
टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगैँ’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी बजेट लगानी गरेका हुन्।
बृहत् बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेरिनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बगैँचाको व्यवस्थापनबारे छलफल गरिएको छ। ।
तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमीनलाई घेरबारा, सिँचाइदेखि संरक्षण गरी नमूना उत्पादन क्षेत्र बनाइने सांसद महतले जानकारी दिए। रासस
" /> खलङ्गा। जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ।टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगैँ’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी बजेट लगानी गरेका हुन्।

">