कृष्णनगरलाई तनावपूर्ण बनाउने कार्यमा संलग्न एकजना पक्राउ, अन्यको खोजी जारी

काठमाडौं। १४ कात्तिक बिहानैदेखि कपिलवस्तुको कृष्णनगर तनावपूर्ण बन्यो।

तनाव बढेर सामाजिक सद्भाव समेत खल्बलिने अबस्था आएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्‍यो।

स्थिति सामान्य नबनेपछि तीन दिनसम्म कफुर्यु निरन्तर रह्यो।

१६ कात्तिकमा बल्लतल्ल स्थिति सामान्य बन्यो र कर्फ्यु हट्यो।

लक्ष्मीको मूर्ति विसर्जन गर्न जानलागेको समूह र त्यसलाई अवरोध गर्न खोज्ने समूहबीच भएको विवादले कपिलवस्तुलाई तनावपूर्ण बनाएको थियो।

त्यो तनाव निम्त्याउन प्रमुख भूमिका खेल्ने एकजनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।

“हामीले एक समूहका नाइकेलाई आज दिउँसो ३ बजे पक्राउ गरेका छौं,” कपिलवस्तुका प्रहरी प्रमुख, एसपी दिपशम्शेर जबराले देखापढीसँग भने, “तनाव बढाउन भूमिका खेलेका अर्को समूहका मानिसलाई समेत खोजिरहेका छौं, उनीहरु छिटै पक्राउ पर्छन्।”

विवाद समाधान गर्न १५ कात्तिकमा बसेको बैठकमा ११ बुँदे सहमति भएपछि स्थिति सामान्य बन्न थालेको थियो।

सो क्रममा दुवैपक्षका दोषीलाई पक्राउ गरेर कारबाही गर्ने सहमति भएको थियो। सोही अनुरुप प्रहरीले एक समूहका जमाल शाहलाई आज पक्राउ गरेको हो।

कृष्णनगरमा तनाव बढेपछि भएको प्रदर्शनका क्रममा गोली लागेर भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। उनको सुरक्षाकर्मीको गोलीबाटै मृत्यु भएको हो वा घुसपैठका क्रममा कसैले गोली चलाएको भन्नेबार प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। सो प्रदर्शनमा केही सर्वसाधारण र प्रहरीसमेत घाइते भए।

पढ्नुहाेस्ः

कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो (सूचनासहित)

कृष्णनगरमा ११ बुँदे सम्झौता, कर्फ्यु कायमै

कृष्णनगरमा कर्फ्यु जारी, १० बजे सुरक्षा समिति बैठक

कपिलवस्तु घटनामा मानव अधिकार आयोगको ध्यानाकर्षण

कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि

कपिलवस्तुमा तनाव कायमै (अपडेट)

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

प्रतिक्रिया दिनुहोस्