राष्ट्रपतिले गरिन् छठ पूजा

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरीमा वाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरिन्।

छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा वाग्मती नदीको पानीको बहाव रोकेर तलाउ निर्माण गरिएको छ।

तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन्।

छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने गरिन्छ।

उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ।

नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ।

साथै राष्ट्रपति भण्डारी कमलपाेखरी पुगेर अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएकी थिइन्। रासस

राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै। तस्वीरः प्रदीपराज वन्त,रासस।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीमा छठ पूजा गर्दै । तस्वीरः प्रदीपराज वन्त,रासस।

प्रतिक्रिया दिनुहोस्