पोखरा। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवं आर्थिक रूपान्तरण आवश्यक रहेको बताएका छन्। मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आज पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचार गोष्ठीमा उनले समाजमा सकारात्मक सोचको खाँचो रहेको औँल्याए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिए। मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोंचको विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
मुलुकको दिगो विकासका लागि साधारणतर्फ भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि संघ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राखे। मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उनका भनाइ थियो। संघीयतासँगै सिंहदरबारको अधिकार जनताको घर–आँगनमा आएको उल्लेख गर्दै उनले तीन तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताए।
नेकपा स्थायी कमिटी सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नं २ मा १४ मंसीरमा हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे। पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताए।
नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकांक्ष पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए। फाउण्डेशनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउण्डेशनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए।–रासस
" /> पोखरा। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवं आर्थिक रूपान्तरण आवश्यक रहेको बताएका छन्। मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आज पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचार गोष्ठीमा उनले समाजमा सकारात्मक सोचको खाँचो रहेको औँल्याए।नेपाल कम्युनिष्ट पार्टी (नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिए। मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोंचको विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

">