कोरोना सङ्क्रमणपछि कतिले रोजगारी गुमाए र कतिको खाइपाइ आएको सुविधा कटौती भयो भन्ने विषयमा नेपालमा अहिलेसम्म कुनै अध्ययन भएको छैन।
सङ्ख्या खोजी हुँदै गर्ला, तर यतिचाहिँ भन्न सकिन्छ- आजभन्दा पहिला कहिल्यै कुनै महामारीले यस्तो खराब स्थिति उत्पन्न गरेको थिएन। नेपालका गरीब झनै गरीब हुने छन् भने, मध्यम वर्गीयको स्तर पनि तल खस्ने छ।
विश्व बैङ्कले हालै प्रकाशित गरेको विज्ञप्तिले जोकोहीलाई चिन्तित बनाउँछ। उक्त विश्व संस्था भन्छ– कोरोना महामारीका कारण संसारभरका करीब १० करोड मानिस अधिक गरीब हुने खतरा बढिरहेको छ।
उता, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) भन्छ– महामारीबाट बाहिर निस्कन यस्तो नीति बनाउनु आवश्यक छ, जसले असमानताको खाडलतर्फ विशेष ध्यान दिनुपर्छ। यी दुवै संस्थाले गरेको सङ्केतले नेपालजस्ता मुलुक थप खतरामा पर्ने बुझ्न सकिन्छ।
साना व्यवसायीको कारोबार ठप्प छ। फुटपाथमा सानोतिनो व्यापार चलाएर परिवार पाल्ने नागरिकको हालत सबैभन्दा कमजोर हुन पुगेको छ। अर्थशास्त्रीहरू भनिरहेका छन्- महामारीले पारिवारिक आयमा अनौठोखालको असर पारिदिएको छ। यो खराब अवस्थाबाट निकास पाउने कहिले हो भन्ने त कसैलाई थाहा छैन, साथमा आगामी दिनको अवस्था कस्तो हुने हो भन्ने अनुमानसमेत गर्न नसकिने हालत छ।
छिमेकी भारतका साथै कतिपय विकसित मुलुकहरू महामारीबाट जोगिन विभिन्न आर्थिक प्याकेज घोषणा गरिरहेका छन्। तिनले यो विपद्बाट जोगिन लाखौं डलर खर्च पनि गरिसकेका छन्।
तर, नेपालमा त्यस्तो कुनै कोषको व्यवस्था हुन सकेको छैन। गरीबको सुरक्षाका लागि खास कदम चाल्नुपर्ने आईएमएफको भनाइ छ। सरकारले खाद्य सुरक्षाका साथै मानिसका हातहातमा पैसा पुर्याउनु जरुरी छ।
कोरोनाबाट जोगिन र फैलन नदिन अत्यावश्यक मानिएको लकडाउनले लाखौं मानिसको रोजगारी गुमेको छ। कतिपयको तलब अकल्पनीय ढङ्गमा घटेको छ।
नेपालमा विभिन्न क्षेत्रमा तलब घट्ने र कामबाट निकालिने क्रम दिनप्रतिदिन बढ्दो छ। श्रमजीवीका पक्षमा समाचार लेख्ने पत्रकारहरू नै बढी मारमा पर्न थालेका छन् । कतिपय सञ्चारगृहले तलब कटौती गरेका छन् त कतिले पत्रकार र अन्य कर्मचारीलाई बिदा दिन थालेका छन् ।
भोलिको नेपाली सञ्चारगृह कसरी सञ्चालन हुने हो, थाहा छैन। कसैले पनि मिडियामाथि आइपर्न सक्ने सम्भावित खतराबारे सोचेका छैनन्।
नेपालमा खाइपाइ आएको तलबसुविधा नघटेको सरकारी कर्मचारीको मात्रै हो, अधिकांश निजी प्रतिष्ठानहरूले कर्मचारी कटौती या तलब कटौतीको नीति अङ्गीकार गरिसकेका छन्।
साना व्यवसायीको कारोबार ठप्प छ। फुटपाथमा सानोतिनो व्यापार चलाएर परिवार पाल्ने नागरिकको हालत सबैभन्दा कमजोर हुन पुगेको छ। अर्थशास्त्रीहरू भनिरहेका छन्- महामारीले पारिवारिक आयमा अनौठोखालको असर पारिदिएको छ।
यो खराब अवस्थाबाट निकास पाउने कहिले हो भन्ने त कसैलाई थाहा छैन, साथमा आगामी दिनको अवस्था कस्तो हुने हो भन्ने अनुमानसमेत गर्न नसकिने हालत छ।
बजारमा रोजगारी खुम्चिएको छ। नयाँ रोजगारीका ढोकाहरू बन्द छन्। नयाँ वा थप लगानीका निम्ति व्यापारीका पाइला चलेका छैनन्। यसले न्यून आय भएका मानिसको जीवन कष्टकर बन्न पुगेको छ।
महामारीबाट अधिक प्रभावित हुनेमध्ये १.६ अर्ब कामदार यस्ता छन्, जो अनौपचारिक क्षेत्रमा काम गर्छन्। यूरोप-अमेरिकामा हालै गरिएको एक सर्वेक्षणले व्यक्तिगत घरहरूमा काम गर्ने करीब ७० प्रतिशतले कि त रोजगारी गुमाएका छन् कि त तिनको पारिश्रमिक घटाएको देखाएको छ।
महामारीले सबैभन्दा बढी असर ‘लेबर मार्केट’मा गरेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनले बताएको छ।
वैदेशिक रोजगारी ठप्प छ, जसका कारण नेपालको अर्थतन्त्रमै खतरा देखिन पुगेको छ। श्रम सङ्गठनका अनुसार लकडाउनको क्रममा काम जति घण्टा नोक्सान भइसकेको छ, त्यो ३० करोड फुलटाइम रोजगारीबराबरको रहेको छ।
अमेरिकालगायत कतिपय एशियाली मुलुकमा पनि पछिल्लो समय घण्टाको आधारमा काम दिने गरिन्छ। यस्तो काममा १३ प्रतिशत गिरावट आएको सङ्गठन बताउँछ।

लकडाउन बढ्दै जाँदा डरलाग्दो अवस्था त के उत्पन्न भएको छ भने, आम्दानीको केही प्रतिशत जोगाएर राख्ने मानिसको बचतसमेत सकिने अवस्थामा पुगेको छ।
अब तिनले कसरी आफ्नो परिवारको पालनपोषण गर्ने हुन्? यस्तो अवस्थाका मानिस संसारमै सबैभन्दा बढी सङ्ख्यामा रहेका छन्।
" /> कोरोना सङ्क्रमणपछि कतिले रोजगारी गुमाए र कतिको खाइपाइ आएको सुविधा कटौती भयो भन्ने विषयमा नेपालमा अहिलेसम्म कुनै अध्ययन भएको छैन।सङ्ख्या खोजी हुँदै गर्ला, तर यतिचाहिँ भन्न सकिन्छ- आजभन्दा पहिला कहिल्यै कुनै महामारीले यस्तो खराब स्थिति उत्पन्न गरेको थिएन। नेपालका गरीब झनै गरीब हुने छन् भने, मध्यम वर्गीयको स्तर पनि तल खस्ने छ।

">