काठमाडौं। ‘अप्राकृतिक यौन सम्बन्ध’ बढ्दै गएको भन्दै त्यसलाई रोक लगाउने योजनासहित पूर्वी अफ्रिकी राष्ट्र युगान्डाले ‘किल द गे’ विधेयक त्यहाँको संसदमा पेश गरेको छ।
१० अक्टोबरमा संसदमा विधेयक पेश भएपछि युगान्डाको राष्ट्रपति कार्यालयका लागि ‘इथिक्स एण्ड इन्टिग्रिटी’ मन्त्री सिमोन लोकोडोले समलैंगिकताका लागि अभियान चलाउने १६ जनालाई पक्राउ गराइसकेका छन्।
अभियान्ताहरू पक्राउ परेसँगै समलिंगी र यो अभियानमा सहयोग पुर्याउनेहरूमाझ त्रास फैलिएको छ।
तेस्रो लिंगी कुनै असामान्य व्यक्ति होइनन्। १७ मे १९९० मा नै विश्व स्वास्थ्य संगठनले समलिंगी वा तेस्रोलिंगी भएर जन्मनु अप्राकृतिक होइन भनेर घोषणा गरिसकेको छ। तर, युगान्डामा यस्तो अभियान गैरकानुनी मानिन्छ ।
अभियानमा लागेबापत जीवनभर नै कैद सजाय हुनसक्नेसम्मको कानूनी व्यवस्था अहिले नै छ। त्यसमाथि नयाँ विधेयक पास भएमा त झन् समलिंगीलाई मृत्युदण्डसमेत दिन मिल्ने कानूनी आधार तयार हुनेछ ।
मानिस कुन लिंगमा जन्मन्छ भन्ने कुरा उसको नियन्त्रणमा हुँदैन। कुनै निश्चित ‘सेक्सुयल ओरिएन्टेसन’ लिएर जन्मेकै आधारमा मृत्युदण्ड हुनेसक्ने बिधेयक प्राकृतिक नियमसमेतको विपरित भएको भन्दै व्यापक विरोध भइरहेको छ।
सन् २०१४ मा युगान्डामा समलैंगिक मानिसहरूलाई सजाय दिने कानुन बनेको थियो। पश्चिमा मुलुकको दबाबमा युगान्डाले ‘एन्टी होमोसेक्सुयालिटी ऐन’ फिर्ता लिएको थियो ।
तर पनि युगान्डाले ‘एलजीबीटी’ समूहका व्यक्तिहरूलाई अवैधानिक नागरिकको व्यवहार गर्दै आइरहेको छ।
एक वर्षदेखि युगान्डाका कतिपय कानुनविद्हरूले नै समलिंगीहरूलाई मृत्युदण्ड दिनेसम्मको कानून निर्माणको वकालत गरिरहेका छन्। सरकारको यस्तो नीतिका कारण समलिंगीहरू खुल्न सकेका छैनन, लुक्न बाध्य छन् ।
बीस वर्षिया शामिम प्रिती तीन वर्षदेखि युगान्डाको कम्पाला सहरको सुरक्षित सेल्टरमा बसिरहेकी छन्। उनी १६ वर्षकी भएपछि आमालाई आफू तेस्रोलिंगी भएको जानकारी दिएकी थिइन्। कुरा सुन्नासाथ आमाले उनलाई घरबाट निकालेर प्रहरीकै जिम्मा लगाइदिइन्।
“मलाई प्रहरीले लैजाँदा मेरी आमा केही नबोली उभिएर मलाई हेरिरहनुभएको थियो। उहाँको आँखामा मेरा लागि माया थिएन, म रोएँ, कराएँ तर उहाँको मन पग्लिएन,” उनले भनिन्, “थानामा पुगेपछि प्रहरीले मलाई दुर्व्यवहार गर्यो। त्यहाँ एक जना समलिंगी प्रहरी पनि थियो। उसले पीडा बुझ्छ भन्ने लागेको थियो, तर शुरूमा उ नै जाइलाग्यो । लछारपछार गर्दै पिट्न थाल्यो। उसैले मिडियालाई फोन गरेर बोलायो अनि सबैको अगाडि मेरो लुगा फुकाल्न लगायो।”
युगान्डाको ‘एलजिबिटी सपोर्ट ग्रुप आइब्रेकर’ संस्थाले २०१२ मा समलैंगिक मानिसहरूलाई सुरक्षित घरहरूको व्यवस्था मिलाइदिएको थियो।
उक्त संस्थाका कार्यक्रम निर्देशक एल्भिस एसिगा भन्छिन्, “घरबाट निकालिएका, जाने कुनै ठाउँ नभएका, भाडा तिरेर बस्न नसक्नेहरूलाई हामी सामान्यतया एक महीनाका लागि बास दिन्छौँ। आफ्नै खुट्टामा उभिन थालेपछि यहाँबाट जान सक्छन्।”
युगान्डाका यौन अल्पसंख्यकहरूका लागि पेप जुलियान ओन्जिमाले काम गरिरहेकी छन्। “पहिलेदेखि नै समलिंगीहरू घर, शिक्षा र रोजगारीबाट बञ्चित छन्। जब यस्ता कानून र बिधेयकहरू आउँछन्, उनीहरू डराएर बस्न बाध्य हुन्छन्,” उनले भनिन् ।
एजेन्सीहरूकाे सहयाेगमा
" /> काठमाडौं। ‘अप्राकृतिक यौन सम्बन्ध’ बढ्दै गएको भन्दै त्यसलाई रोक लगाउने योजनासहित पूर्वी अफ्रिकी राष्ट्र युगान्डाले ‘किल द गे’ विधेयक त्यहाँको संसदमा पेश गरेको छ।१० अक्टोबरमा संसदमा विधेयक पेश भएपछि युगान्डाको राष्ट्रपति कार्यालयका लागि ‘इथिक्स एण्ड इन्टिग्रिटी’ मन्त्री सिमोन लोकोडोले समलैंगिकताका लागि अभियान चलाउने १६ जनालाई पक्राउ गराइसकेका छन्।

">