काठमाडाैं। नेपाल पर्यटन बोर्डले कोभिड-१९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजकताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालिम सुरू गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालिम सञ्चालन गरिएको विज्ञप्तिमार्फत् जनाएको हो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रमुख डा. धनञ्जय रेग्मीले हाल तालिममा ६०० लाई सहभागिता गराइने र आगामी दिनमा यो संख्यालाई बढाउँदै लगिने बताए। यही असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गरेकाे प्रोटोकलमा आधारित भएर पर्यटन व्यवसायीका लागि कोभिडको दोस्रो चरणमा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सुरक्षा सजकताबारे डिजिटल तालिम आयोजना गरिएको हो।
पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकलमा समावेश गरिएको छ। यस तालिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउने छ।
साथै व्यवसायी व्यवसायीबीच समन्वय गराई व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको विकासका लागि समूचित वातावरण बनाउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ।
बोर्डले होटल एसोसिएशन अफ नेपाल, नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस र ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपालसँगको समन्वयमा तालिमको आयोजना गरिरहेको छ।
आगामी दिनमा आवश्यकताअनुसार अन्य पर्यटन संघसंस्थासँगको समन्वयमा प्रादेशिकस्तर मै तालिमलाई अगाडि बढाइने बोर्डले जनाएको छ। रासस
" /> काठमाडाैं। नेपाल पर्यटन बोर्डले कोभिड-१९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजकताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालिम सुरू गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालिम सञ्चालन गरिएको विज्ञप्तिमार्फत् जनाएको हो।

">