व्यावसायिक फूटबलको अधिकांश समय चेल्सीमै बिताएका पूर्व खेलाडी फ्रान्क लाम्पार्ड प्रशिक्षक भएयता अहिले चेल्सीमा युवा खेलाडीले धेरै अवसर पाइरहेका छन्। त्योभन्दा पनि महत्वपूर्ण टोलीको समग्र प्रदर्शन र नतीजामा पनि युवा खेलाडीले प्रभाव पारेका छन्। टमी अब्राहमदेखि मेसन माउन्ट र कालम हड्सन ओडोई जस्ता युवा खेलाडीले लण्डन क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
चेल्सी एकेडेमीका उत्पादन ओडोईले सन् २०१७–१८ को सिजनदेखि नै चेल्सीका लागि प्रिमियर लिग खेले पनि यो सिजन उनको चर्चा धेरै भइरहेको छ। कतिसम्म भने यही सिजन चेल्सी छाडेर रियल मड्रिड गएका एडिन हाजार्डको स्थान ओडोईले लिन सक्ने चर्चा हुन थालेको छ ।
ओडोई फरवार्ड र विंग दुवै पोजिसनमा खेल्न सक्छन्। सन् २००० मा जन्मेका ओडोईले इंग्ल्याण्डको राष्ट्रिय टीमबाट समेत दुई खेल खेलिसकेका छन्। २२ मार्च २०१९ मा उनले युरो–२०२० को क्वालिफायर अन्तर्गत चेक रिपब्लिक विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए। प्रशिक्षक गारेथ साउथगेटले चेक रिपब्लिक र मोन्टेनेग्रो विरुद्धको खेलमा टीममा राख्दा ओडोई स्वयं आश्चर्यमा परेका थिए।
सिजनको शुरुआतमा चोटबाट ग्रस्त रहेका ओडओईले चोटमुक्त भएपछि प्रिमियर लिगमा यस सिजन ४ खेल खेलिसकेका छन्। उनले २००७ देखि चेल्सीबाटै ‘युथ करिअर’ शुरु गरेका थिए।
मेसन माउन्ट (चेल्सी)
ओडोईसंगै यो सिजनमा चेल्सीको लागि उत्कृष्ट प्रदर्शन गर्ने अर्का युवा खेलाडी हुन्– मेसन माउन्ट। सन् १९९९ मा जन्मेका माउन्टले पनि लाम्पार्डको आगमनपछि चेल्सीमा नियमित रुपमा खेल्ने अवसर पाइरहेका छन्।
लाम्पार्ड अघिल्लो सिजन डर्बी काउन्टीमा प्रशिक्षक थिए । त्यसबेला माउन्टले पनि लोनमा डर्बी काउन्टीबाटै खेलेका थिए, जहाँ उनले उत्कृष्ट प्रदर्शन गरे । त्यसैले पनि माउन्टबारे लाम्पार्ड राम्रो जानकार छन्।
माउन्टले यो सिजन चेल्सीका लागि १० खेल खेलिसकेका छन्। त्यसक्रममा उनले ४ गोल गरेका छन्। २० वर्षीय माउन्टले गत वर्ष नै इंग्ल्याण्डको राष्ट्रिय टिममा डेब्यू गरिसकेका छन्। डच लिग ‘एरेडिभिजी फूटबल लिग’मा भिटेसका लागि उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक साउथगेटले उनलाई २०१८ को विश्वकपपछि नै ट्रेनिङमा बोलाएका थिए।
२०१८ मै युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया र स्पेन विरुद्धको खेलका लागि उनलाई टिममा राखिएको थियो। तर माउन्टले २०१९ मा आएर मात्र डेब्यू गर्ने अवसर पाए। युरो–२०२० को क्वालिफायर अन्तर्गत बुल्गेरियाविरुद्धको खेलमा उनले वैकल्पिक खेलाडीको रुपमा डेब्यू गरेका हुन्।
माउन्टले २००५ देखि नै चेल्सीबाट ‘युथ करिअर’ शुरु गरेका थिए।
मेसन ग्रीनउड (म्यानचेष्टर युनाइटेड)
इंग्ल्याण्डकै अर्का युवा खेलाडी हुन्- मेसन ग्रीनउड। १८ बर्षीय ग्रीनउडलाई म्यानचेष्टर युनाइटेडको नयाँ स्टारका रुपमा समेत हेरिएको छ। अहिलेसम्म इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट डेब्यू गर्न बाँकी रहे पनि क्लब फूटबलमा भने उनले आफ्नो उत्कृष्ट खेल देखाउन शुरु गरिसकेका छन्।
ग्रीनउडले ६ वर्षको उमेरमा सन् २००७ मा युनाइटेडबाटै ‘युथ करिअर’ शुरु गरेका हुन्। १७ बर्षको उमेरमा गत सिजन नै उनले प्रिमियर लिगमा खेल्न शुरु गरे । त्यसबेला जम्मा तीन खेल मात्र खेल्न पाएका उनले जारी सिजनको शुरुआतमै ७ खेल खेलिसकेका छन्। अन्तर्राष्ष्ट्रिय टुरमा गोल गरिसकेका उनले प्रिमियर लिगमा भने गोल गर्न बाँकी छ।
राष्ट्रिय टोलीबाट डेब्यू नगरे पनि ग्रीनउडले इंग्ल्याण्डका लागि उमेर समूहका खेल भने खेलिसकेका छन्। यसै वर्ष युरोपा लिगमा अस्ताना विरुद्ध गोल गरेका ग्रीनउड युरोपियन कम्पिटिसनमा गोल गर्ने युनाइटेडका सबभन्दा कम उमेरका खेलाडी बनेका थिए। उनले १७ वर्ष ३५३ दिन हुँदा गोल गरेका थिए।
युनाइटेडका प्रशिक्षक ओल गनर सोल्साएरले ग्रीनउडलाई अग्रपंक्तिमा तीनवटै पोजिसन (सेन्टर फरवार्ड, लेफ्ट विंग र राइट विंग) मा खेल्न सक्ने खेलाडीको रुपमा व्याख्या गरेका थिए।
रियान ब्रेवस्टर (लिभरपुल)
इंग्ल्याण्डले पाएका अर्का आशलाग्दा युवा खेलाडी हुन्– रियान ब्रेवस्टर। सन् २००८ मा चेल्सीबाट युथ करिअर शुरु गरेका ब्रेवस्टर २०१४ मा लिभरपुल पुगेका हुन्। लिभरपुलमा पाँच वर्ष युथ फुटबल खेलेका उनी यसै सिजनबाट सिनियर टीममा पर्न थालेका छन्।
सन् २०१७ मा इंग्ल्याण्डलाई भारतमा भएको यू–१७ विश्वकप जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका ब्रेवस्टरले ‘ब्रोन्ज बल’ समेत जिते । लिभरपुलका लागि गत सिजनको अन्त्यतिर नै सिनियर टीममा परे पनि उनले प्रिमियर लिगमा डेब्यू गर्न भने बाँकी छ।
ब्रेवस्टर युरोपियन च्याम्पियन्स लिग २०१८–१९ अन्तर्गत बार्सिलोनाविरुद्धको सेमिफाइनल खेलका लागि टोलीमा समेटिएका थिए। तर, उनी बेन्चमै सीमित भए। च्याम्पियन्स लिगको टोटनहमबिरुद्धको फाइनल खेलमा पनि उनी बेन्चमा थिए।
उनले गत २५ सेप्टेम्बरमा इएफएल कपमा एमके डन्सविरुद्ध खेल्दै ‘कम्पिटेटिभ गेम’मा डेब्यू गरे । यही कपअन्तर्गत् क्वार्टरफाइनल प्रवेशका लागि भएको खेलमा लिभरपुलले आर्सनललाई पेनाल्टी सूटआउटमा पारजित गर्दा पनि उनले खेलेका थिए।
फिल फोडेन (म्यानचेष्टर सिटी)
रियान ब्रेवस्टरसंगै सन् २०१७ मा भारतमा सम्पन्न यू–१७ विश्वकप खेलेपछि चर्चामा आएका अर्का खेलाडी हुन्- फिल फोडेन। इंग्ल्याण्डले उक्त विश्वकप जित्दा फोडेनले उत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ जितेका थिए।
फोडेनलाई लगातार दुइ सिजन प्रिमियर लिग बिजेता म्यानचेष्टर सिटीको भविष्यको स्टारको रुपमा हेरिएको छ। सन् २०१७ देखि प्रिमियर लिगमा खेल्न शुरु गरे पनि २०१७–१८ को सिजनमा उनले ५ खेल मात्र खेल्ने अवसर पाए। गत सिजन उनले १३ खेल खेल्दै १ गोल गरेका थिए। यस सिजन फोडेनले ३ खेल खेलेका छन्।
म्यानचेष्टर सिटीबाट उनले दुई प्रिमियर लिग उपाधि, दुई इएफएल कप, एक एफए कप र एक कम्युनिटी शिल्ड जितिसकेका छन्।
१९ वर्षीय मिडफिल्डर फोडेनले सबभन्दा कम उमेरमा प्रिमियर लिग जित्ने कीर्तिमान समेत बनाएका छन्। २४ अक्टोबर २०१९ मा गिनिज वल्र्ड रेकर्ड अर्गनाइजेसनले फोडेनको नाम रेकर्डमा राखेको र अर्को वर्षको संस्करणमा उनको नाम प्रकाशित हुने जनाएको छ।
सन् २००० मा जन्मेका फोडेनले २००८ मा म्यानचेष्टर सिटीबाटै युथ करिअर शुरु गरेका थिए।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई मिडफिल्डर मात्र भन्दा पनि धेरै खेलाडीको रुपमा व्याख्या गरेका छन्। ग्वार्डिओलाले सन् २०१७ मै फोडेनलाई ‘स्पेसल प्लेअर’ भनेका थिए।
फोडेनले राष्ट्रिय टिममा डेब्यू गर्न भने बाँकी छ।
जोए विल्लक (आर्सनल)
जोसेफ जर्न विल्लकले सन् २०१७–१८ को सिजनदेखि नै प्रिमियर लिग खेल्न थालेका हुन्।
त्यो सिजन आर्सनलका लागि २ खेल मात्र खेलेका १९ वर्षीय यी मिडफिल्डरले गत सिजन पनि २ खेल मात्र खेले। दुई सिजनमा जम्मा चार खेल खेलेका विल्लकले यस सिजन ८ खेल खेलिसकेका छन्। आर्सनल युरोपा लिग २०१८–१९ मा उपविजेता हुँदा पनि उनी टीममा थिए।
लण्डन क्लब आर्सनलमा सन् २००४ देखि नै आबद्ध भएका विल्लक २०१७ देखि सिनियर टीममा परेका थिए।
२० सेप्टेम्बर २०१७ मा ईईएफए कपअन्तर्गत डंककास्टर रोभर्सविरुद्ध खेल्दै उनले आर्सनलका लागि कम्पिटेटिभ गेममा डेब्यू गरेका थिए।