बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, नेकपा सचिवालय बैठक पनि आजै बस्ने

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्री ओली अघिल्लो हप्ता असंलग्न राष्ट्रको १८औँ शिखर सम्मेलनमा सहभागि हुन अजरबैजान गएकाले मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन।

बैठकमा केही विकास निर्माण आयोजना, रोकिएका कामको निर्णय गरिने महिला बालबालिका मन्त्री थममाया थापाले बताइन्। "अस्ति बिहीबार बैठक नभएकाले यो नियमित बैठक नै हो," मन्त्री थापाले देखापढीसँग भनिन्।

बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि मन्त्रीहरुलाई जानकारी गराउने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

मन्त्रिपरिषद् बैठकपछि नेकपाको सचिवालय बैठक बस्‍नेछ।

आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनको लागि नेकपाको तर्फबाट उम्मेदवारहरुको टुंगो लगाउने सचिवालय बैठकको कार्यसूचीमा छ।

प्रतिक्रिया दिनुहोस्