महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरू, आजै आदेश हुन सक्ने
काठमाडौं । जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज थुनछेक बहस शुरू भएकोे छ।

न्यायीक हिरासतमा रहेका महरालाई विहान ११ बजेर १५ मिनेटमा अदालतमा उपस्थित गराइएको हो।

न्यायाधीश सुदर्शनराज पाण्डेको १ नम्बर इजलासमा उनको मुद्दामा अहिले थुनछेक बहस भइरहेको छ।

सरकारी पक्षबाट सह न्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल, सहायक जिल्ला न्यायाधीवक्ता सिर्जना ढकालले बहस गर्नेछन्।

अहिले जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेलले बहस गरिरहेका छन्।

महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पुर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता लबप्रसाद मैनाली, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्ने महरातर्फका वकील मुरारी सापकोटाले जानकारी दिए।

थुनछेक बहसपछि उनलाई अदालतले साधारण तारेखमा छाड्ने, धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन सक्ने आदेश गर्न सक्नेछ।

यसअघि १५ कात्तिकमा महराको अदालतमा बयान भएको थियोे । उनले अदालतमा आफूमाथि लगाइएको अभियोग इन्कार गरेका छन्।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सभामुख पदमा रहँदा पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै महरालाई डेढ गुणा बढी सजाय माग गरिएको छ।

अभियोगपत्रमा महरालाई मुलुकी अपराध संहिताको दफा-२१९ को उपदफा १ र २ मा परिभाषित कसूर र सोही संहिताको दफा ३४ (१) बमोजिम गरेको अभियोग लगाइएको छ।

संहिताको दफा-२१९ मा जबरजस्ती करणी गर्न नहुने प्रावधान छ। त्यस्तै दफा ३४ मा कुनै पनि अपराध गर्ने प्रयास (उद्योग) गर्न नहुने व्यवस्था छ । महरालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोग लगाइएको छ ।

यस्तो अभियोगमा महरालाई सोही संहिताको दफा-३४ (३) अनुसारको सजाय माग गरिएको छ। जसमा कुनै पनि कसूर गर्न उद्योग गर्ने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।

संहिताको दफा-२१९ (२) को ङ अनुसार १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ।

महरालाई जबरजस्ती करणीको उद्योगअन्तरगत यसको आधा सजाय माग गरिएको छ। जसअनुसार साढे ३ वर्षदेखि ५ वर्षसम्मको सजाय मागिएको हो।

तर, महरा सभामुखको पदमा रहेको र सो पदको दुरूपयोग गरी कसूर गरेको भन्दै उनलाई थप सजायसमेत माग गरिएको छ।

महरालाई फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १५ (३) ङ अनुसार थप सजाय माग गरिएको छ।

उक्त दफामा कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय हुने व्यवस्था छ।

सामान्य अवस्थामा साढे ३ वर्षदेखि ५ वर्षसम्म सजाय हुने कसूरको अभियोग लागेकोमा महराले पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै उनलाई थप सजाय मागिएको हो।

सजाय थप हुने यो व्यवस्था अनुसार उनलाई ४ वर्ष ९ महीनादेखि ७ वर्ष ६ महीनासम्म कैद गर्न माग गरिएको छ।

१२ असोजमा ती महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको सार्वजनिक भएको थियो।

उनले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। १७ असोजमा ती महिलाले महराविरुद्व जाहेरि दिएपछि अदालतले १९ असोजमा पक्राउ गर्न अनुमति दिएको थियोे।

सभामुख निवासबाटै पक्राउ परेका उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनी नर्भिक अस्पताल भर्ना भएका थिए।

त्यसयता उनी नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार गराइरहेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्