लागूऔषधसहित दुई जना भारतीय पक्राउ
<p>काठमाडौं। सशस्त्र प्रहरीले धनगढीमा १६ कात्तिक साँझ लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ ।</p>
<p>भातरको लखिमपुर खिरी जिल्लाका मोहमद अफ्जल (३१) र रहेमत अलि (२५) लाई कैलालीको सशस्त्र प्रहरी बल–५३ गुल्मले पक्राउ गरेको हो।</p>
<p>गुल्म प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) भोला कुसहवाले उनीहरूलाई त्रिनगर सीमा नाकाबाट यूपी ३१ जे ४१०७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको बताए ।</p>
<p>डिएसपी कुसहवाले उनीहरूबाट १ सय मिलिलिटरका ४७ बोतल लागूऔषध कोरेक्स बरामद गरिएको जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्