प्रधानमन्त्रीको स्वास्थ्य जाँचपछि मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जाँचपछि बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरिरहेका छन्।

मन्त्रिपरिषद् बैठक शुरू हुनुअघि प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य जाँच गराएका थिए।

प्रधानमन्त्री ओलीले यसअघि १३–१४ कात्तिकमा धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भई मिर्गाैला डायलासिस गराएका थिए।

त्यसपछि फेरी प्रधानमन्त्रीको डायलासिस हुने बताइए पनि उनी आजै ग्रान्डी जाने–नजाने टुंगो लागिसकेको छैन।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आज प्रधानमन्त्री डायलायसिसका लागि ग्रान्डी अस्पताल जाने सम्भावना कम भएको बताए।

डा. अर्यालले देखापढीसँग भने, “डायलासिसका लागि करीब चार घण्टा समय लाग्छ, आज प्रधानमन्त्रीलाई त्यति समय निकाल्न गाह्रो छ।”

पढ्नुहोस्:

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, नेकपा सचिवालय बैठक पनि आजै बस्‍ने

प्रतिक्रिया दिनुहोस्