भवन बनाउने क्रममा खस्दा दाङमा एकजनाकाे मृत्यु
<p>दाङ। घोराही उपमहानगरपालिका–३ स्थित कारखानाको भवन बनाउने क्रममा खसेर एकजनाको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा भारत उत्तरप्रदेशका ४५ वर्षीय रमेशकुमार पटेल छन्।</p>
<p>१६ कात्तिक साँझ साढे ६ बजे सगरमाथा सिमेन्ट कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खस्दा पटेल गम्भीर घाइते भएका थिए।</p>
<p>दाङ प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा राति करिब साढे १० बजे मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्