मृतकको संख्या १५ पुग्यो (अपडेट)

काठमाडौं। सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका मृतकको संख्या १५ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले अहिलेसम्म एक बालिकासहित दश महिला र तीन बालकसहित पाँच पुरुषको शव भेटिएको देखापढीलाई जानकारी दिए।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा आज दिउँसो दुर्घटना भएर सुनकोशी नदीमा खसेको थियो।

बसमा कति यात्रु थिए भन्ने अझैसम्म यकीन भएको छैन। नदीमा डुबेको बस निकालिसकिएको छ।

दुर्घटनामा चालक धनबहादुर तामाङसहित ४९ जना यात्रु घाइते छन्। घाइतेहरूको काभ्रेको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पढ्नुहाेस्

नदीमा डुबेको बस निकालियो, क्षति अझै अस्पष्ट (भिडिओसहित)

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्