पारस नेपाली क्रिकेटको ‘सचिन’ होः शरद भेषावकर
काठमाडौं। २८ असोजमा पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानबाट राजीनामा दिएपछि धेरै क्रिकेटप्रेमी आश्चर्यमा परेका थिए।
एक दशक नेपाली टीमको नेतृत्व गर्दै विभिन्न आरोह अवरोहको साक्षी बनेका पारसको राजीनामा टीमभित्रैका खेलाडीका लागि पनि आश्चर्यजनक थियो नै।
पारसले राजीनामा दिएको दुई सातापछि नेपालले ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तानको रूपमा पाइसकेको छ। मल्ल तिनै खेलाडी हुन्, जसले पारसलाई निरन्तर एक दशक उपकप्तान भएर साथ दिए। र, केही खेलमा पारसको अनुपस्थितिमा कप्तान सम्हाले।
उनै मल्ल कप्तान बनेपछि नेपालले १८ कात्तिकमा बेलायतको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलका लागि ज्ञानेन्द्रको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भइसकेको छ, जसमा पारस खड्कासहित त्यस जेनेरेसनका खेलाडी शरद भेषावकर र वसन्त रेग्मी पनि छन्।
नयाँ कप्तानको नेतृत्वमा खेल्न अहिले नयाँ पुराना सबै खेलाडी उत्साहित छन्, साथै क्रिकेट समर्थक र दर्शक पनि।
पारस र ज्ञानेन्द्रकै समकालीन खेलाडीको रूपमा रहेका शरद पनि उत्साहित छन्।
नेपालले पछिल्लो पटक सिंगापुर र ओमानमा टी-२० सिरिजका लागि टूर गर्दा शरद टीममा थिएनन्।
अहिले उनले पुनरागमन गरेका छन्। त्यसैले पनि उनमा उत्साह हुनु स्वभाविकै हो।
शरदले पारस खड्काको कप्तानीमा नेपालले ठूलो सफलता हात पारेको र नयाँ कप्तानबाट पनि त्यही अपेक्षा रहेको बताए।
शरदले पारसलाई भारतका सचिन तेन्दुलकरसँग तुलना गर्दै नेपाली क्रिकेटको भगवानको रूपमा व्याख्या गरे। भन्छन्, “म पारसलाई सचिनसँग तुलना गर्छु किनकी ऊ नेपाली क्रिकेटमा भगवान जसरी नै आएको छ।”
यस्तै शरदले ज्ञानेन्द्रको कप्तानीमा पनि नेपालले धेरै सफलता हासिल गर्ने आशा व्यक्त गरे।
कप्तान परिवर्तन भएपछि टीममा सबैजना उत्साहित रहेको उनले बताए।
नेपालले १८ कात्तिकमा एमसीसीसँग टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल्दैछ।
नेपालको पूर्ण कप्तानको रूपमा ज्ञानेन्द्रको कप्तानी डेब्यू हुनेछ।
शरदले नेपालको अबको लक्ष्य भनेको आउने विश्वकपमा कसरी छनोट हुने भन्ने रहेको प्रतिक्रिया दिए।
उनले एमसीसीसँग घरेलु मैदानमा खेल्न पाउनु नेपालका लागि ठूलो अवसरसमेत भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्