भरतपुर। गरिमा धानमा बाला नलागेपछि पीडित बनेका गैँडाकोट नगरपालिकाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
कृषि मन्त्रालयमार्फत विनियोजित रकम नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।
नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आज आयोजित कार्यक्रममा गैँडाकोटका किसानलाई प्रतिकट्ठा ६४० का दरले क्षतिपूर्ति रकम उपलब्ध गराएका छन्।
नगरपालिकाको १० देखि १८ नम्बर वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए। नगरपालिकाले प्रतिकठ्ठा छ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो।
केही नहुनुभन्दा थोरै भए पनि किसानलाई राहत भएको र यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने मेयर पौडेलले बताए। गत वर्ष गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो। रासस