कांग्रेस असन्तुष्ट हुनुपर्ने कारण छैनः नेकपा प्रवक्ता (भिडिओसहित)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश प्रमुख पदमुक्त गरिएको विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

नेकपाको सचिवालय बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै श्रेष्ठले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसम्मत् रूपमै पदमुक्त गरेको बताए।

“कांग्रेसले के भनेको छ हामीले थाहा पाइसकेका छैनौं तर, यसमा असन्तुष्टि जनाउनुपर्ने त कुनै कारण छैन”, प्रवक्ता श्रेष्ठले भने, “संवैधानिक व्यवस्था अनुसार सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट निर्णय भएको हो।”

उनले सरकारको सिफारिसमा राष्ट्रपतिले तुरून्तै नयाँ प्रदेश प्रमुख तोक्ने पनि जानकारी दिए।

आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले आजै सातैवटा प्रदेशका प्रमुखलाई पदुक्त गरेकी छन्।

यसमा कांग्रेसले असन्तुष्टि जनाएको छ।

पढ्नुहाेस्

सरकारले संवैधानिक शक्तिसँग निहुँ खोज्योः कांग्रेस

सातै प्रदेशका प्रमुख पदमुक्त

प्रतिक्रिया दिनुहोस्