प्रदेश प्रमुखको नाम तय गर्न नेकपा सचिवालय बैठक बस्दै, आजै मन्त्रिपरिषद् बैठक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहि बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

बैठकको मुख्य अजेण्डा नयाँ प्रदेश प्रमुख रहेको नेकपा सचिवालय सदस्य माधवकुमार नेपालले बताएका छन्।

"हिजो केही नामहरुमाथि छलफल भएको छ, सबै सदस्यहरुले गृहकार्य गरेर आजको बैठकमा नाम तय गरिनेछ।" नेपालले देखापढीसँग भने।

हिजै प्रदेश प्रमुखको नियुक्तीको तयारी गरिएपनि नेकपाभित्र सहमति हुन नसकेपछि आज सचिवालय बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेपछि ती पद रिक्त छ।

सचिवालय बैठकले नाम तय गरेपछि आजै बस्ने मन्त्रीपरिषद् बैठकले नाम सिफारिश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्