यसअघि पनि १४ कात्तिकमा प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाँझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको साढे ४१ हजार गाँजाको बोट नष्ट गरेको थियो।
डीएसपी मगरको कमाण्डको टोलीले हिजो हतुवागढी– ९, हसनपुरस्थित मुस्ताङ र थुम्कीको करीब ३२ रोपनी क्षेत्रफलमा लगाइएको १२ हजार ५०० गाँजाको बोट नष्ट गरेको छ।
त्यस्तै आमचोक गाउँपालिका ८ स्थित हैखराङ र सिसवानीमा अन्दाजी ४ रोपनी जग्गामा लगाएको ५६० बोट गाँजा र वडा नम्बर ७ स्थित बसाई गाउँ, नेवार टोल र मगर टोलमा १५ रोपनी जग्गामा लगाएको छ हजार बोट गाँजा प्रहरीले काटेर जलाएको छ।
व्यवसायीक रूपमा लगाइएका ती गाँजा तराई हुँदै भारत तस्करी हुने पाइएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए।
उनले भने, “प्रहरी त्यहाँ पुग्दा धेरैजसो युवाहरु गाउँ नै छाडेर भाग्छन्, बुढाबुढी र केटाकेटी मात्र घरमा हुन्छन्।”

भोजपुरमा प्रहरीद्वारा १० करोड मूल्यको गाँजा नष्ट: Dekhapadhi
भोजपुरमा प्रहरीद्वारा १० करोड मूल्यको गाँजा नष्ट

भोजपुर। प्रहरीले भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी र आमचोक गाउँपालिकामा स्थानीयले व्यवसायीक रूपमा लगाएको करीब ७५ हजार गाँजाको बोट नष्ट गरेको छ।

१४ कात्तिकदेखि हिजोसम्म नष्ट गरिएको गाँजा १० करोड मूल्यभन्दा बढीको रहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले देखापढीलाई बताए।

हिजो दुई गाउँपालिकाका विभिन्न ठाउँमा ५१ रोपनी क्षेत्रफलमा लगाइएको १९ हजारबढी गाँजाको बिरुवा नष्ट गरिएको छ।

१६ कात्तिकमा हतुवागढी गाउँपालिका- ९ मुस्ताङ टोलको १४ हजार गाँजाको बोट प्रहरीले नष्ट गरेको छ।