सिन्धुपाल्चोक बस दुर्घटनाका मृतक १७ जनाको सनाखत, २ जना अझै वेपत्ता

काठमाडौं। हिजो सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु भएका १७ जनाको सनाखत भएको छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ४ जना बालक, ३ जना बालिका, ९ महिला र १ जना पुरुष छन्।

मृतकमध्ये ११ जना दोलखा शैलुङ्गेश्वरी गाउँपालिकाका वासिन्दा छन्।

सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दुई जना यात्रु अझै नदीमा हराइरहेको र खोजी भइरहेको देखापढीलाई बताइन्।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा हिजो दिउँसो दुर्घटना भएर सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा घाइते २१ जना यात्रुहरुको काभ्रेको धुलिखेल, काठमाडौंको नर्भिक, अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

सीडीओ चेम्जोङ्गले बस दुर्घटनाको कारण अहिलेसम्म नखुलेको बताएकी छन्।

मृतकहरुको नामावली:

प्रतिक्रिया दिनुहोस्