हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकको बाह्रबिसेको बाढी तथा पहिरो भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा टोली पुगिसकेको छ।
घाइतेको उद्धारका लागि हेलिकप्टर पनि त्यसतर्फ पठाइएको छ। रासस
" /> हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकको बाह्रबिसेको बाढी तथा पहिरो भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

">