बझाङमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चार मजदुर सम्पर्कविहीन
बझाङ। बझाङको बुंगल नगरपालिका–२ दाडिम दहबगरस्थित निर्माणाधीन कालङ्गा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चारजना मजदुर सम्पर्कविहीन भएका छन् ।

१७ कात्तिक दिउँसो करीब ३ बजेतिर तीनवटा ट्रयाक्टर र एउटा जीपसहित सुरुङभित्र छिरेका ६ जना मजदुरमध्ये दुईजना बाहिर निस्केको र चारजना अहिलेसम्म सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए ।

सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी छन् ।

हाइड्रोपावर आयोजना कार्यालयले बेलुकी ६ बजे घटनाबारे जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली उद्धारको लागि पुगेको तर अक्सिजन कमीका कारण सुरुङभित्र जान नसकेको उनले बताए।

त्यसैगरी अस्थायी प्रहरी पोस्ट बिचगाडाबाट दुईजना प्रहरी र सशस्त्र प्रहरीका ११ जना सुरक्षाकर्मीको टोली पनि घटनास्थल पुगेको तर उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

राति एक बजे हाइड्रोपावरका ६ जना कर्मचारीहरू उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको, तर उनीहरूमध्ये २ जना बेहोस भएपछि उद्धार गरेर अस्पताल पठाइएको डिएसपी बमले देखापढीलाई बताए ।

उनले सुरुङभित्र अक्सिजनको कमीका कारण उद्धारमा कठिनाइ भएको बताए । सुरुङभित्र प्राविधिकको टोलीसमेत जान सकेको छैन ।

१७ कात्तिक राति नै जिल्ला प्रहरी कार्यालय बझाङबाट र आज बिहान सशस्त्र प्रहरी गण मुख्य कार्यालय धनगढी तथा नम्बर १ गुल्म दिपायलबाटसमेत प्रहरीको थप टोली बझाङ पठाइएको छ । तर, उद्धार हुन सकेको छैन ।

उद्धारकार्य कठिन भएपछि काठमाडौंबाट टोली आउन लागेको डिएसपी बमले बताए ।

२०७३ सालबाट निर्माण शुरू गरिएको ६५ मेगावाटको कालङ्गा हाइड्रोपावरको सुरुङ खन्ने काम करीब ७० प्रतिशत सम्पन्न भएको छ । सुरुङ एक हजार ४०० मिटर लामो छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्