डेपुटी गभर्नर श्रेष्ठ निलम्बित
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

आज बिहान बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल, रामजी रेग्मी र डा. सुबोधकुमार कर्ण सम्मिलित समिति गठन गरेको हो ।

छानविन समिति गठन भएसँगै श्रेष्ठ निलम्बनमा परेका छन् । समितिले आजैदेखि काम थालेको छ । समितिले प्रतिवेदन एक महीनामा बुझाउनेछ ।

समितिले प्रतिवेदन बुझाएपछि श्रेष्ठमाथि आवश्यक कारबाही हुनेछ ।

श्रेष्ठमाथि पदीय आचरण अनुकुल काम नगरेको, कानूनी प्रक्रिया पूरा नहुँदै विदेशी कम्पनीको लाभांस फिर्ता लैजान सहयोग गरेको, बैंकहरूको खराब कर्जा लुकाउन सहयोग गरेकोलगायत आरोप छ ।

सरकारले उनीमाथि छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो।

यसअघि १७ कात्तिक साँझ बसेको सञ्चालक समिति बैठकमा श्रेष्ठमाथि छानविन गर्ने/नगर्ने विषयमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्