क्लब एमसीसीद्वारा नेपालसामु २०२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल भ्रमणमा रहेको बेलायतको क्लब एमसीसी र नेपालबीचको एक दिवसीय क्रिकेट त्रिवि मैदान कीर्तिपुरमा चलिरहेको छ ।

एमसीसीले नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ् रोजेको एमसीसीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन जोडेको छ ।

एमसीसीका लागि विली रोड्सले सर्वाधिक ५४ रनको पारी खेल्दा विली गोडलमेनले ५२ रन बनाए ।

एमसीसीका ब्याट्सम्यानहरुलाई पेवेलियन फर्काउन नेपालका लागि ललित राजवंशी र पवन सर्राफ नायक सावित भए । दुवैले ४-४ विकेट लिए ।

त्यस्तै अविनाश बोहोरा र करण केसीले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्