आजदेखि १७औं अनशन बस्दै डा. केसी

काठमाडौं । प्रा.डा. गोविन्द केसीले आजदेखि १७औं अनशन शुरू गर्ने भएका छन् ।

डा. केसीले आजदेखि अनशन शुरू गर्ने तयारी गरे पनि अहिलेसम्म स्थान एकीन भइनसकेको डा. केसीको अभियानमा साथ दिंदै आएका प्रितम सुवेदीले बताए ।

चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै उनी १६ पटकसम्म अनशन बसिसकेका छन्।

गत १६ असोजमा डा. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत भएका हुन् ।