सिन्धुपाल्चोक बस दुर्घटनामा परेकाको थप १ शव भेटियो, मृतक संख्या १८ पुग्यो

काठमाडौं। सिन्धुपाल्चोकमा १७ कात्तिकमा भएको बस दुर्घटनाका मृतकमध्ये थप १ जनाको शव फेला परेको छ।

योसँगै दुर्घटनामा परेकाको मृतक संख्या १८ जना पुगेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार केहिबेरअघि सुकुटे पारी सुनकोशी किनारमा उदयपुरका २३ वर्षीय विजय तामाङ्गको शव फेला परेको छ।

हराइरहेकी ५ वर्षकी बालिकाको खोजी भइरहेको शर्माले बताए।

योसँगै दुर्घटनामा मृत्यु हुनेमा ४ जना बालक, ३ जना बालिका, ९ महिला र २ पुरुष छन्।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा १७ कात्तिक दिउँसो दुर्घटना भएर सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा घाइते २१ जना यात्रुहरुको काभ्रेको धुलिखेल, काठमाडौंको नर्भिक, अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

पढ्नुहोस्:

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतक १७ जनाको सनाखत, २ जना अझै वेपत्ता

प्रतिक्रिया दिनुहोस्