रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
काठमाडौं  १२ वर्ष पहिलेको सामूहिक हत्याकाण्डमा पूर्वमन्त्री मोहम्मद अफताव आलमसहित ११ जनाविरुद्ध आज रौतहट जिल्ला अदालतमा मुद्दा दायर हुँदैछ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले उनीहरूविरूद्ध मुद्दा दायर गर्न लागेको हो।

अफतावमाथि २२ जना व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप लागेको छ। २०६४ को संविधासभा निर्वाचनका बेला बम बनाउँदै गरेको स्थानमा विस्फोट भएपछि घटना ढाकछोप गर्न घाइते

भएकाहरूलाई जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो।

सरकारी वकीलको कार्यालयले अभियुक्त बनाएका ११ जनामध्ये अफताव मात्रै पक्राउ परेका छन्। बाँकी १० जना फरार रहेका छन्।

फरार रहेका अभियुक्तहरूमा रौतहटको राजपुर नगरपालिका–४ बस्ने अफताव आलमका भाइ मोहम्मद महताब आलम (४८), सोही ठाउँका मोहम्मद मोबिन आलम (६१) र शेख भदई (४८) रहेका छन्।

त्यस्तै राजपुर–६ का शेख सेराज भन्ने शेष सर (३४), राजपुर–४ का शेख फजलेहक (६०) र सोही स्थानका सगिर आलम (४८) रहेका छन्।

त्यस्तै प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा राजपुर–४ का शेख जुमईन भन्ने शेख मलकार (४७), राजपुर–५ का गौरीशंकर साह (४३), राजपुर–४ का बद्रि सहनी (५५) र सोहीस्थानका मुक्ति साह (४४) पनि फरार रहेको जनाइएको छ।

पक्राउ परेका आलमसहित फरार रहेका सबै आरोपीविरूद्ध जिल्ला सरकारी वकीलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको हो।

साथै जिल्ला सरकारी वकीलको कार्यालयले ‘कसूरमा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको भनी पछि कतैबाट खुलेमा उनीहरूविरूद्ध पनि कारवाही गरी पाऊँ’ भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्