एमसीसीमाथि नेपालको पाँच विकेटको जित (भिडिओसहित)

काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि पाँच विकेटको जित हात पारेको छ।

नेपाल भ्रमणमा आएको एमसीसीसँग आज त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले सहज जित हात पारेको हो।

एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा ३७.३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा विनोद भण्डारीले अविजित ५२ रन बनाए। त्यसैगरी पवन सर्राफले पनि अविजित ३८ रन बनाए।

टस जितेर ब्याटिङ् रोजेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन जोडेको थियो।

एमसीसीका लागि विली रोड्सले सर्वाधिक ५४ रनको पारी खेल्दा विली गोडलमेनले ५२ रन बनाए।

एमसीसीका ब्याट्सम्यानहरुलाई पेवेलियन फर्काउन नेपालका लागि ललित राजवंशी र पवन सर्राफ नायक सावित भए।

दुवैले ४–४ विकेट लिए।

त्यस्तै अविनाश बोहरा र करण केसीले १–१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्