मेयरको चुनाव हारेका प्रसाईं प्रदेश प्रमुख सिफारिस

काठमाडौं। गत स्थानीय निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित विष्णु प्रसाईं प्रदेश प्रमुखको सिफारिसमा परेका छन्।

आज बसेको नेकपाको सचिवालय बैठकले प्रसाईंलाई प्रदेश प्रमुखमा मनोनयन गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।

सिफारिसमा परेका सात जनामध्ये प्रसाईं २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित उम्मेद्वार हुन्।

१४ असार २०७४ मा भएको निर्वाचनमा कुल ७२ हजार ६११ मतदाता रहेको मेचीनगर नगरपालिकामा २० हजार ७७६ मत ल्याएर नेपाली कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित भएका थिए।

आज प्रदेश प्रमुखका लागि नेकपाको सिफारिसमा परेका प्रसाईं, तत्कालीन् नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका थिए। उनले १९ हजार ४२२ मत ल्याएका थिए।

पढ्नुहाेस्

नेकपाद्वारा सात प्रदेश प्रमुखकाे नाम सिफारिस (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्