काठमाडौं। बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन् कालङ्गा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा सम्पर्कविहीन भएका चारै जना मजदुरको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले वेपत्ता चारै जनाको शव भेटिएको देखापढीलाई जानकारी दिए। उनीहरूको शव निकाल्ने काम भइरहेको डीएसपी बमले बताए।
आज उद्धारका लागि गएको सशस्त्र प्रहरीको विशेष टोलीले सुरुङको प्रवेशद्वारबाट करीब एक किलोमिटर भित्र शव फेला पारेको हो। सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चारजना र दिपायलबाट पाँचजना गरी नौ जनाको उद्धार टोली आज दिउँसो घटनास्थलमा पुगेको थियो।
१७ कात्तिक दिउँसो करीब ३ बजे हाइड्रो पावरको सुरुङभित्र फसेका दैलेखको गुराँस गाउँपालिका–३ घर भएका ३२ वर्षीय महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव भेटिएको हो।
सुरुङभित्र छिरेका ६ जना मजदुरमध्ये दुईजना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किसकेका थिए।
२०७३ सालबाट निर्माण शुरू गरिएको ६५ मेगावाटको कालङ्गा हाइड्रोपावरको सुरुङ खन्ने काम करीब ७० प्रतिशत सम्पन्न भएको छ। सुरुङ एक हजार ४०० मिटर लामो छ ।
पढ्नुहाेस्
बझाङमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चार मजदुर सम्पर्कविहीन
" /> काठमाडौं। बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन् कालङ्गा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा सम्पर्कविहीन भएका चारै जना मजदुरको शव भेटिएको छ।

">