काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौं ल्याएको छ।
त्यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ। थप नेपालीको उद्धार उडानका लागि नेपाल एअरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एअरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ।
त्यसैगरी फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एअरले अबुधाबीबाट १४० र टर्किस एअरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौं ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार पनि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले ६ उडानमार्फत् बहराइन, नारिता, दममाम, मनिला, क्वालालम्पुर र दुबईबाट नेपाली ल्याउने विमानस्थलको कार्यतालिका छ।
आज आन्तरिकतर्फ विभिन्न एअरलाइन्सले १० चार्टर्ड उडान गरेका छन्। मनाङ एअरले लुक्लामा एक उडान, सिम्रिक एयरले बुटवलमा दुई उडान, एयर डाइनेष्टीले धादिङमा दुई उडान, कैलशा हेलिकप्टरले तातोपानीमा दुई उडान र प्रभु हेलिकप्टरले पोखरामा दुई चार्टर्ड उडान गरेका छन्। रासस
" /> काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौं ल्याएको छ।

">