बझाङ। बझाङ जिल्लाको बुङ्गल नगरपालिका–१ दारिमगार्डमा कालङ्गा हाईड्रोपावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुईजनाको शव निकालिएको छ।
सशस्त्र प्रहरी टोली र सोही हाईड्रोपावरका कर्मचारीले आज करीब ५ बजे अछाम तुर्माखाँद गाँउपालिका–६ का २४ बर्षीय महेन्द्र साउद र दैलेख गुराँस नगरपालिका–३ का ३२ बर्षीय कर्ण शाहीको शव सुरुङबाट बाहिर निकालेका सशस्त्र प्रहरी समाचार कक्षका डीएसपी अजय छतकुलीले जानकारी दिए।
उनीहरूसहित चार जना व्यक्तिहरू १७ कात्तिक दिउँसो सुरुङभित्र फसेका थिए। सुरुङभित्र फसेका दैलेखका ३२ वर्षीय महेन्द्र शाही र बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको पनि शव भेटिएको छ। तर, उनीहरूको शव बाहिर निकाल्न सकिएको छैन। शव निकाल्ने प्रयास भइरहेको उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले जनाएको छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धार सामाग्रीसहित आजै समिट एयरको हेलिकप्टरमार्फत त्यहाँ पुगेको थियो।
पढ्नुहाेस्
हाइड्रोपावरको सुरुङभित्र फसेका चार मजदुरको शव भेटियो
बझाङमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चार मजदुर सम्पर्कविहीन
" /> बझाङ। बझाङ जिल्लाको बुङ्गल नगरपालिका–१ दारिमगार्डमा कालङ्गा हाईड्रोपावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुईजनाको शव निकालिएको छ।सशस्त्र प्रहरी टोली र सोही हाईड्रोपावरका कर्मचारीले आज करीब ५ बजे अछाम तुर्माखाँद गाँउपालिका–६ का २४ बर्षीय महेन्द्र साउद र दैलेख गुराँस नगरपालिका–३ का ३२ बर्षीय कर्ण शाहीको शव सुरुङबाट बाहिर निकालेका सशस्त्र प्रहरी समाचार कक्षका डीएसपी अजय छतकुलीले जानकारी दिए।

">